१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०८:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रदेशसभा १ मा कांग्रेसका गुरुङ निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०८:०५:००

प्रतिनिधि सभा तर्फ १ निर्वाचन र प्रदेशसभा तर्फ २ निर्वाचन क्षेत्र रहेको लमजुङ प्रदेश सभा १  मा नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् । उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले एक हजार एक सय ६१ मतले पराजित भएका हुन ।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचित गुरुङले १८ हजार पाँच सय ४ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी घलेले १७ हजार तीन सय ४३ मत पाएका छन् । निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।

२०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा दुवैजना चुनावी मैदानमा उत्रिँदा घलेले सात सय ९८ मतले गुरुङलाई हराउँदै संविधान सभाको यात्रा तय गरेका थिए । 
प्रदेश सभा १ मा कुल ३८ हजार तीन सय ८४ मत खसेकोमा नौ सय ४८ मत बदर भएको छ । 

निर्वाचनमा  राप्रपाकी अप्सरा शाहले एक हजार १८ मत पाएकी छन् । मंगोल नेश्नल अर्गनाइजेशनका बृखबहादुर तामाङले चार सय ५६ र जसपाका सरस्वति गुरुङले एक सय १५ मत पाएका छन् ।