मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका दार्चुला
२o७९ मङ्सिर ७ बुधबार ११:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुला प्रदेश सभा (क)मा जोशीलाई हराउँदै धामी निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार ११:५४:oo

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका युवा नेता हरदेव जोशीलाई हराउँदै गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्।

कुल खसेको ३१ हजार ५४२ मतमध्ये धामीले १५ हजार १२७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी जोशीले १३ हजार ४५१ मत ल्याए। धामी एक हजार ६७६ धेरै मत ल्याएर विजयी भएका हुन्। यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार शंकरसिंह धामीले एक हजार ४१८ मत ल्याए।

०७४ सालको निर्वाचनमा धामी प्रतिनिधिसभा उम्मेदवार थिए। योपटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभामा आफैं उम्मेदवार हुने बताएपछि धामीलाई प्रदेश सभामा टिकट दिइएको थियो।