Skip This
संखुवासभामा सर्वदलीय बैठक बस्दै, १० बजेपछि गणना सुरु गरिने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 26 July, 2024
नवीन गुरुङ संखुवासभा
२o७९ मङ्सिर ६ मंगलबार o९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा सर्वदलीय बैठक बस्दै, १० बजेपछि गणना सुरु गरिने 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार o९:२४:oo

पूर्वी पहाडी जिल्ला संखुवासभामा बिहानदेखी सर्वदलीय बैठक जारी छ । मत गणनासम्बन्धी सबै मापदण्डबारे बैठकबाट सहमति जुटाएपछि बिहान १० बजेपछि गणना सुरु गर्ने तयारी भइरहेको छ ।  

जिल्लामा रहेका १० स्थानीय तहमध्ये दुर्गमक्षेत्रमा रहेको भोटखोला गाउँपालिकाको मतपेटिका सोमबार अबेर राती मात्रै आएकाले गणनामा ढिलाई भएको सहायक मुख्य निर्वाचन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले जानकारी दिए । ‘जिल्लाको दुर्गम ठाउँबाट पैदल ल्याउँदा मतपेटिका आउन ढिलाई भयो । अहिले सबै मतपेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ’ उनले भने ।

जिल्लाको अत्यन्तै दुर्गम र विकट क्षेत्रमाा पर्ने भोटखोला गाउँपालिकाका तीन वटा मतदानस्थलहरु किमाथांका, रिदाक र थुदामको मतपेटिका हिजो दिउँसो हेलिकप्टरबाट सदरमुकाम खाँदबारी ल्याइएको थियो ।

मतगणनाको लागि जिल्ला समन्वय समितिका हलमा तारजाली र सिसि क्यामेरा जडान गरि तयार गरिएको छ । जिससको ठुलो हलमा मतपेटिका राखिएको छ । अर्को सानो हलमा समेत गणनाका लागि आवश्यक व्यवस्थापन गरेर छिटो मत गन्ने प्रकृयामा लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ । संखुवासभामा ५६ प्रतिशत अर्थात ६५ हजार ८ सय ९२ मत खसेको थियो । संखुवासभामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।
    
संखुवासभामा एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधिसभामा दुई जना स्वतन्त्रसहित १२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । मुख्य प्रतिस्पर्धा गठबन्धनका साझा उम्मेदवार कांग्रेसबाट दिपक खड्का र एमालेका राजेन्द्र गौतमबीच हुने आकलन गरिएको छ ।