१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Wednesday, 03 July, 2024
२o७९ मङ्सिर ५ सोमबार १५:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुर १ मा मतगणना सुरु, २ मा चाँडै सुरु हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १५:o४:oo

उदयपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । उदयपुरका प्रमुख निर्वाचन अधिकृत प्रमुख खेमराज कोइरालाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा मतगणना सुरु भएको जानकारी दिए । छुट्टाछुट्टै पाँच गणक टोलीबाट गणना सुरु भएको कोइरालाले बताए ।‘प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को प्रत्यक्ष, समानुपातिक, प्रदेश ‘क’ र ‘ख’ तथा प्रदेशको समानुपातिक मतको एकै पटक गणना भइरहेको छ’ कोइरालाले भने । 

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ मा ७६ हजार सात सय ५६ मत खसेको छ । यसैगरी प्रतिनिधिसभा १ को ‘क’ मा ३९ हजार ७१, ‘ख’ मा ३७ हजार ६ सय ८५ मत खसेको कोइरालाले जानकारी लिए । प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट कांग्रेस नेता डा. नारायण खड्का र एमालेबाट मन्जुकुमारी गौतम मुख्य प्रतिस्पर्धामा छन् । 

यता, प्रतिनिधिसभा २ मा भने दिउँसो तीन बजेपछि प्रत्यक्षतर्फको गणना सुरु गर्ने तयारी भएको सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले जानकारी दिए । उनले भने, ‘तीन बजेदेखि प्रतिनिधिसभा २ को मत गणना सुरु हुन्छ । प्रदेशतर्फ भोलिदेखि सुरु हुनेछ ।’ यहाँ प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का जगन्नाथ खतिवडा र एमालेबाट अम्बर बहादुर रायमाझी चुनावी प्रतिस्पर्धामा छन् ।
 

ad
ad
ad
ad