१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ४ आइतबार
  • Sunday, 06 July, 2025
२o७९ मङ्सिर ४ आइतबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

करेन्ट लागेर हेटौँडामा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ४ आइतबार १४:४४:oo

हेटौँडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे १२ बजे हेटौँडा– १४ मयुरधापमा अन्दाजी ३० वर्षीय प्रकाश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडा– १४ मयुरधापमा रहेको मकवानपुर कन्स्ट्रक्सन प्रालिमा काम गर्ने थारूलाई मोटर लगाई इनार खन्ने क्रममा करेन्ट लागेको थियो। अचानक विद्युत् सर्ट भई करेन्ट लाग्दा उनी बेहोस् भएका थिए। उनलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।