Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ४ आइतबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बम विस्फोटपछि स्थगित मोरङको बुढीगंगामा मतदान सुचारु  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ४ आइतबार १२:३९:००

बम विस्फोटपछि स्थगित भएको मोरङको बुढीगंगा गाउँपालिका-१ करैया गाउँमा मतदान सुचारु भएको छ। करैयादेव स्थल मन्दिर मतदानस्थलको एउटा केन्द्रमा साढे १० बजे बम विस्फोट हुँदा मतदान स्थगित गरिएको थियो।

तर, मतदान केन्द्रको सुरक्षा जाँचपछि सर्वदलीय बैठकको निर्णयअनुसार साढे १२ बजेबाट पुनः मतदान सुरु भएको मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए। थारू र मुसहर समुदायको बाक्लो बसोवास रहेको यो क्षेत्रमा दुई वटा मतदान केन्द्र छन्। बम विस्फोटपछि मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।