पूर्वमन्त्री एवं रुपन्देही-१ का उम्मेदवार घनश्याम भुसालले निर्वाचनले लोकतन्त्रको अभ्यास र प्रक्रियालाई समृद्ध पार्ने बताएका छन्।
वाम-लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही-१ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भुसालले मुलुकको संवैधानिक व्यवस्थाले पनि कुनै न कुनै अर्थमा गठबन्धनको माग गर्ने बताए।
नेता भुसालले चुनावपछि आउने सरकारले शिक्षा, स्वास्थ्य, विदेश नीतिलगायतमा साझा कार्यक्रम बनाउनुपर्ने बताए। उनले तिलोत्तमा नगरपालिका-९ को गौतमबुद्ध आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।