मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मतदान केन्द्रमा बम विस्फोट भएपछि मतदान कार्य स्थगित भएको छ।
बुढीगंगा गाउँपालिका १ करैया गाउँमा रहेको करैयादेवस्थल मन्दिरमा रहेको मतदानस्थलको एउटा केन्द्रमा बिहान साढे १० बजे तिर धमाधम मतदान भइरहेको समयमा अचानक बम विफस्ट भएपछि सुरक्षाका लागि मतदान कार्य स्थगित भएको हो।
थारु र मुसहर समुदायको बाक्लो बसोवास रहेको यो मतदान स्थलमा जम्मा दुई वटा मतदान केन्द्र मात्र छन्। बम विस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन। बम विस्फोटपछि मतदान स्थलको सुरक्षा कडा पारिएको र केही बेरपछि मतदान कार्य सुचारु हुने मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालालले बताए।