झापाको शिवसताक्षी नगरपालिका– १० स्थित बालनिकुञ्ज माध्यामिक विद्यालयमा रहेको मतदान स्थलअन्तर्गतको ‘घ’ केन्द्रमा मतदान स्थगित भएको छ ।
प्रतिनिधिसभा सदस्यतर्फको मतपेटिकामा एक मतदाताले प्रदेश सभाको मतपत्र खसालेपछि मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।
मतदान स्थगित भएको खबर पाएपछि निर्वाचन कार्यालयको टोली अहिले त्यसतर्फ जाँदै छ । सर्वदलीय बैठक बसेर सहमति गरेपछि मात्र त्यहाँ मतदान अगाडि बढाइने नेपालले बताए ।