मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Tuesday, 15 July, 2025
समाचार डिजिटल संस्करण

छानबिन गर्न आचारसंहिता अनुगमन समितिलाई झिकाइयो

पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार पक्राउ प्रकरण :

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार २२:३७:oo

काठमाडौको बूढानीलकण्ठमा एमालेका उम्मेदवारसहित तीन व्यक्ति पैसा बाँड्न लागेको आरोपमा पक्राउ परेको घटनाको जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । प्रहरीले अनुगमन समितिलाई छानबिनका लागि बोलाएको छ । 

काठमाडौं क्षेत्र नम्बर ५ (२) का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार दीपक निरौलासहित तीनजनालाई प्रहरीले शुक्रबार बेलुका बूढानीलकण्ठ– ६ बाट नियन्त्रणमा लिएको हो । 

सो वडाका अध्यक्ष रवि खड्का र एमाले बूढानीलकण्ठ नगरका अध्यक्ष प्रदीप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । 

पैसा बाँडेको विषयमा स्थानीयले खबर गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । त्यस विषयमा आचारसंहिता अनुगमन समितिका सदस्यहरूलाई बोलाइएको एक प्रहरी अधिकारीले बताए । 

एमाले नेताहरू पक्राउ परेपछि अन्य दलका कार्यकर्ताहरुले उनीहरूलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका छन् भने पक्राउ परेका नेता निरौलाले भने आफू पैसा बाँड्न नभई एक बिरामीलाई भेट्न त्यहाँ गएको बताएका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् ।