मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर २ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई दिन हिँडेर मतदान केन्द्र पुगे कर्मचारी र सुरक्षाकर्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १६:२४:oo

मनाङको दुर्गममा रहेको नार्पाभूमि गाउँपालिकामा दुई दिनको पैदल यात्रापछि कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्र पुगेका छन्। बुधबार बिहान मनाङको सदरमुकाम चामेबाट हिँडेका कर्मचारी बिहीबार राति मतदान केन्द्र पुगेका हुन्।

मनाङका निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार जिल्लामा निर्वाचनको तयारी पूरा भइसकेको छ। निर्वाचनका लागि जिल्लामा दुई सय कर्मचारी र ६ सय ८७  सुरक्षाकर्मी खटिएका छन्।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा रहेको मनाङमा ६ हजार सात सय ७९ मतदाता छन्। जसमध्ये प्रदेश सभा (क) मा दुई हजार ६ सय २४ र प्रदेश सभा (ख) मा चार हजार एक सय ५५ मतदाता छन्।