मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर २ शुक्रबार
  • Wednesday, 02 September, 2026
२o७९ मङ्सिर २ शुक्रबार १५:२१:oo
Read Time : < 1 मिनेट
विश्व

रुसी आक्रमणपछि एक करोडभन्दा बढी युक्रेनी बिजुलीविहीन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २ शुक्रबार १५:२१:oo

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न सहरमा रुसको आक्रमणले देशको ऊर्जा पूर्वाधारलाई क्षति पुर्‍याएपछि लाखौँ युक्रेनी नागरिक विद्युतविहीन भएको बताएका छन्। 

उनले भनेका छन्, ‘हाल एक करोडभन्दा बढी युक्रेनी नागरिक बिजुलीविहीन भएका छन्। हामी आपूर्तिलाई सामान्य बनाउन सबै प्रयास गरिरहेका छौँ।’ 

विद्युत् अभावका कारण ओडेसा, भिन्निट्सिया, सुमाई र किभ क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। युक्रेनको विद्युत् पूर्वाधारमा ठूलो क्षतिका कारण अधिकारीहरूले ग्रिडलाई सन्तुलनमा राख्न बिजुली कटौती गरिरहेका छन्।