मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर १ बिहीबार २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनटिभीको निष्पक्षतामाथि काउन्सिलले उठायो प्रश्न  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार २o:o६:oo

प्रेस काउन्सिल नेपालले चुनावी समाचार सम्प्रेषणमा सन्तुलन कायम नराखेको भन्दै सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनलाई सचेत गराएको छ।

हरेक दिनका समाचार र समाचारमूलक कार्यक्रम एनटिभीकाे न्युज लाइन एकपक्षीय भएको भन्दै त्यस्तो प्रवृत्ति रोक्न पत्र काटेको हो।

तीन दिनअघि नै काउन्सिलले त्यस्ता सामग्रीको क्लिप झिकाउन पत्र काटेको थियो। त्यसैका आधारमा काउन्सिलले पत्र काटेको हो। 

‘निर्वाचनको सन्दर्भमा कुनै राजनीतिक दल वा दलका उम्मेदवारलाई मात्र प्राथमिकतामा राखी निर्वाचनमा भाग लिने अन्य कुनै दललाई न्यून स्थान प्रदान गर्नुले सन्तुलन गुम्न जाने हुँदा पत्रकारिताको निष्पक्षता, विश्सनीयता र पेसागत मर्यादा कायम राख्दै सामग्रीको सन्तुलनमा सावधानी अपनाउनतर्फ समेत निर्णयानुसार सचेत गराइन्छ,’ पत्रमा भनिएको छ।