मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Saturday, 23 November, 2024
२o७९ मङ्सिर १ बिहीबार o९:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा उम्मेदवारको गाडीमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार o९:५१:oo

चितवनमा उम्मेदवारको गाडीमा आगजनी भएको छ । मास्क लगाई मोटरसाइकलमा आएका दुईजना अपरिचित युवकले चितवन क्षेत्र नम्बर ३ (ख)का प्रदेश सभा उम्मेदवार ठाकुरप्रसाद ढकालले निर्वाचनको समयमा प्रयोग गर्दै आएको चुनावी प्रचार गाडीमा आगजनी गरेका हुन् ।

बिहीबार बिहान ६ बजे घरअगाडि पार्किङमा राखिएको बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कार्पियो गाडीमा पेट्रोल छर्किएर अज्ञात समूहले आगो लगाई भागेकाे थियाे  । आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको र ठूलो क्षति हुन नपाएको उम्मेदवार ढकालले जानकारी दिए । ढकाल लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रबाट चितवन ३ (ख) का प्रदेश सभा उम्मेदवार हुन्।

हिजो बुधबार पनि चितवनमा गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको थियो । श्रेष्ठको गाडी चुनावी प्रचारमा रहेको समयमा भरतपुर महानगरपालिका- १० पुरानो मेडिकल कलेजनजिक रेडक्रस चोकमा रहेको बा.३ च २०५० नम्बरको गाडी निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले तोडफोड गरेका थिए ।

यस्तै, आइतबार चितवनमै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमा पनि तोडफोड भएको थियो।  इच्छाकामना गाउँपालिका– ४ लेवाटारमा चुनावी प्रचारमा रहेका गठबन्धनका कार्यकर्ताले स्वतन्त्र पार्टीका कार्यकर्ता सवार उक्त गाडीमा तोडफोड गरेका थिए ।