Skip This
मौन अवधिमा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षक सिंहको निर्देशन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर १ बिहीबार o७:५२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौन अवधिमा उच्च सतर्कता अपनाउन प्रहरी महानिरीक्षक सिंहको निर्देशन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार o७:५२:oo

नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकाले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सुरक्षा चुनौतीलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचनअनुकूल वातावरण बनाउने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

निर्वाचनको मौन अवधिमा निर्वाचन विथोल्ने क्रियाकलाप अझ बढी हुन सक्ने भएकाले यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारी उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुन उनले भनेका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा भिडियो कन्फ्रेन्समार्फत बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन सम्बोधनको क्रममा सो निर्देशन दिएका हुन् । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिबद्ध हुनुपर्ने उनको भनाइ थियो । 

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अवलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचनअनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने  बताए । सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीले व्यावसायिकतालाई बोलीमा मात्र नभई व्यवहारमा समेत सतप्रतिशत लागू गर्नुपर्नेमा  उनको जोड थियो ।

निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडी

निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले आफ्नामातहतमा खटिने प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारीसम्बन्धी आवश्यक ब्रिफिङ गर्न पनि भनेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकोले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । हरेक काम औचित्य पुष्टि हुने गरी हुनुपर्ने र कर्तव्यको क्रममा गरिएका काम–कारबाहीप्रति संगठनको सदैव साथ रहने उनको भनाइ छ ।