मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 12 July, 2025
२o७९ कार्तिक ३० बुधबार १८:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देउवाले फेरि दोहोर्‍याए पञ्चेश्वर र पश्चिमसेती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १८:o६:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण अघि बढ्ने दोहोर्‍याएका छन्। 

यही कात्तिक २३ गते पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पञ्चेश्वर र पश्चिमसेती आयोजना निर्माण गरेर सुदूरपश्चिममा कायापलट गर्ने दाबी गरेको हप्ता दिनपछि पुनः उही भनाइ दोहोर्‍याएका हुन्। 

बैतडीको शिवनाथमा आयोजना गरिएको चुनावी सभामा बोल्दै देउवाले पञ्चेश्वर जलविद्युत् आयोजना अघि बढाउन भारतीय प्रधानमन्त्रीसँग कुरा भएको बताए।

‘पञ्चेश्वर जलविद्युतका लागि भारत सरकारसँग कुरा भएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘अहिलेका प्रधानमन्त्री मोदीजीले पञ्चेश्वर अगाडि बढाउनुपर्छ भनेर मलाई भनेका छन्।’
 
बैतडीवासीले लामो समयदेखि झुलाघाटमा नेपाल–भारत सीमा जोड्ने पक्की पुल निर्माणको माग राख्दै आएका छन्। चुनावी सभामा प्रधानमन्त्री देउवाले विद्युतका साथै पुल पनि बन्ने बताए। 

‘यहाँ पुल चाहिया छ, जसलाई अगाडि बढाउँछौँ,’ उनले भने, ‘पुल तल धरमघाँटमा बन्छ, पञ्चेश्वर माथि हो।’ स्थानीयले झुलाघाटमा पुलको माग राखे पनि देउवाले भने पञ्चेश्वरको प्रस्तावित ड्यामसाइडभन्दा तल्लो तटीय क्षेत्र धरमघाटमा निर्माण गर्ने बताए। 
उनले पुल बन्ने भनिएको क्षेत्र झुलाघाटभन्दा करिब एक सय ५० किलोमिटर दक्षिणमा पर्छ। प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारहरूलाई भोट माग्दै केपी ओलीले विरोध गरेको सहन नसक्ने बताए।

‘केपी ओलीले विरोध सहन नसक्ने, संसद् विघटन गरिहाल्ने,’ देउवाले भने, ‘दुई चोटी संसद् भंग गर्नुभयो, त्यसपछि अति भयो भनेर हामीले अदालतमा मुद्दा हालेर गठबन्धन बनाएका हौँ।’ 

बैतडीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माओवादी पोलिट ब्युरो सदस्य नरेन्द्र कुँवर र प्रदेश सभामा कांग्रेसका शिवराज भट्ट र वीरबहादुर बिष्ट छन्।