१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई युएईले दियो १९२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:२७:oo

तीन एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो म्याचमा युएईले नेपाललाई जितका लागि एक सय ९२ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३.२ ओभरमा अलआउट हुनुपूर्व एक सय ९१ रन बनायो । युएईलाई मध्यम रनमा रोक्न सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए भने करन केसी, गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए । 

युएईका ओपनर मोहम्मद वसिमले ५० रन बनाउँदा अलिसान सराफुले ३५, अरविन्द भ्रित्याले २५, बसिल हामिदले २४ रनको योगदान गरे । 

तीन एकदिवसीय शृंखलामा युएई १–० ले अघि छ । आजको खेल जिती नेपाल शृंखलामा फर्कने दाउमा छ । तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

ad
ad