Skip This
सुस्ता पुगेर चौधरीले भने– अब यो क्षेत्रको समस्या समाधान हुन्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Friday, 26 July, 2024
२o७९ कार्तिक २९ मंगलबार १२:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुस्ता पुगेर चौधरीले भने– अब यो क्षेत्रको समस्या समाधान हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १२:२८:oo

पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले सुस्ताको समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। घरदैलो अभियानका क्रममा  सुस्ता गाउँपालिकाका विभिन्न वडा पुगेका चौधरीले यस्तो बताएका हुन्।

उनले सुस्ताको चौतर्फी विकासका लागि आफ्नो महत्वपूर्ण भूमिका रहने बताएका थिए। नियमित रूपमा मतादाता माझ घरदैलो तथा चुनावी प्रचारप्रसार अभियानमा रहेका उनीसँग मतदाताले आ–आफ्ना समस्या सुनाएका थिए।

विगत २५ वर्षदेखि सुस्ताको विकासलाई नेताहरूले उपेक्षा गरेको भन्दै चौधरीले अब आफूले यहाँको चौतर्फी विकासलाई प्राथमिकता दिने बताए।