बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका– ८, सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
आज अपराह्न बाटो काट्ने क्रममा तीव्र गतिमा रहेको पिकअप भ्यानले ठक्कर दिँदा बालक गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्रप्रसाद प्रसाईंले जानकारी दिए।
घटनापछि प्रहरीले पिकअप भ्यान र त्यसका चालक हिमाल विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।