संखुवासभाका डिएसपी मैनालीलाई साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार

शुक्रबार, ३० असोज, २०८३
डिजिटल संस्करण

विराटनगर । संखुवासभाका प्रहरी प्रमुख डिएसपी कुमारप्रसाद मैनालीलाई साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरिएको छ । ७१औँ प्रहरी दिवसको अवसरमा शुक्रबार उनलाई सो पुरस्कार प्रदान गरिएको हाे । 

कोशी प्रदेशमा कार्यरत प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्य गरेको छनोट समितिको निष्कर्षका लागि सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। 

संखुवासभा प्रहरी गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकनमा कोशी प्रदेशका जिल्लाहरुमध्ये उत्कृष्ट भएको थियो। 

सुझावित समाचार