विटिआई  ग्रुपको सिइओमा बराल

शनिबार, १ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौँ । नेपालकाे व्यसायिक ग्रुप बिटिआई ग्रुप अफ भेन्चर्सकाे प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा दिलीपराज बराल नियुक्त भएका छन्। उनले 

बीटीआई  ग्रुप अफ भेन्चर्सअन्तर्गत आबद्ध १० वटा संस्थाको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन्।

नवनियुक्त सिइओ बराललाई ग्रुपका कार्यकारी  अध्यक्ष हरि रायमाझीले जिम्मेवारी हस्तान्तरण गरेकाे विज्ञप्तिमार्फत् जनाइएकाे छ।


महाेत्तरीका स्थायी बासिन्दा रहेका ४८ वर्षीय बरालसँग बैंकिङ क्षेत्रको अनुभव छ भने लेखन, खेलकुद र सामाजिक गतिविधिमा संलग्न छन्।


बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक तथा ज्योति विकास बैंकमा काम गरिसकेका छन् । 

विटिआई ग्रुपअन्तर्गत १० वटा संस्था आबद्ध छन्। ती संस्थाले सेवा, उद्योग, व्यापार, खेलकुद,  सामाजिक क्षेत्रमा २७ वर्षदेखि काम गर्दै आएका छन्।

सुझावित समाचार