सशस्त्रको इन्टेलिजेन्स ब्युरोद्वारा काठमाडौंबाट १० विदेशी नागरिक पक्राउ

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडाैंका विभिन्न स्थानमा बसिरहेका १० विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू बंगलादेशी नागरिक भएको खुलेको छ। 

पक्राउ पर्नेहरूमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन,  ३० वर्षीय अजिजुल, २९ वर्षीय अब्दुल, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल इस्लाम र ३० वर्षीय बसर खानलाई पक्राउ गरेको हो।  

सशस्त्रका इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं.१८ गण, बाघभैरवबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। थप कारबाहीका लागि अध्यागन विभागमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  
 

सुझावित समाचार