काठमाडाैं । आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ। सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन्। उनले तीन हजार २४५ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ओमबहादुर घर्तीमगरले एक हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
आदिवासी जनजाति महिलातर्फ ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा आठजना निर्वाचित भएका छन्। त्यस्तै, खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।
महिलातर्फ निर्वाचित उम्मेदवारहरू
निर्वाचन समितिका अनुसार महिलातर्फ गीता गुरुङले दुई हजार ८५९, डा. गंगालक्ष्मी अवालले दुई हजार ७६८, रेणुका काउछा मगरले दुई हजार ३९२, सपनाराज भण्डारी जोशीले दुई हजार ३५१, सीताकुमारी रानामगरले दुई हजार १३२, प्रमिला राईले दुई हजार २०, लीलादेवी बोखिम लिम्बूले एक हजार ६८१ र पुनम लामाले एक हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका छन्।
खुलातर्फ निर्वाचित उम्मेदवारहरू
खुलातर्फ तीर्थ लामाले चार हजार ४२५, ई. अनुप श्रेष्ठले दुई हजार ५५१, डा. प्रेमध्वज लामाले दुई हजार ५०५, कर्माछेरिङ शेर्पाले दुई हजार ४०६, टेकप्रसाद गुरुङले दुई हजार ९०, भीम श्रीसमगरले दुई हजार ४६, रामकृष्ण चित्रकारले एक हजार ९८२, बुद्ध लामाले एक हजार ९५६, गेल्जे लामा शेर्पाले एक हजार ८१९, वंशलाल तामाङले एक हजार ७५६, अमृत गुरुङले एक हजार ६८९ र सुशील गुरुङले एक हजार ६४४ मत प्राप्त गरेका छन्। उनीहरू सबै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।