राशिफल

मेष राशि

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

शुभ रङ : रातो

मेष : वैदेशिक यात्राको अवसर मिल्नेछ । सम्बन्धमा ससाना कुरालाई लिएर विवाद हुन सक्ने भएकाले सावधानी अपनाउनुपर्नेछ । बुधबारदेखि जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्ने योग रहेको छ । व्यापार–व्यवसायमा पुराना ग्राहकबाट लाभ मिल्ने सम्भावना छ । आर्थिक अवस्था सामान्य रहनेछ । पारिवारिक यात्राको योग छ । पारिवारिक वातावरण पनि सुखद रहनेछ ।

मासिक राशिफल उपलब्ध छैन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यो वर्ष मेष राशिका जातकहरूका लागि मिश्रित, तर समग्रमा फलदायी रहने संकेत देखिन्छ। विशेषतः कात्तिकदेखि माघसम्म वृहस्पतिको शुभ प्रभाव रहनाले सुख–सुविधा प्राप्त हुने, अचानक धनलाभका अवसर मिल्ने तथा यश–कीर्ति वृद्धि हुने सम्भावना बलियो छ। यस अवधिमा सामाजिक प्रतिष्ठा बढ्नुका साथै नयाँ अवसरहरू पनि प्राप्त हुनेछन्। माघपछिका दिनहरूमा स्वास्थ्यमा केही समस्या, मनमा डर–त्रास, अनावश्यक चिन्ता, धनहानि तथा खर्च वृद्धि हुन सक्ने देखिन्छ। यसले मानसिक दबाबसमेत बढाउन सक्छ। शनि साढेसातीको प्रभाव र मंसिरपछि राहुको अशुभ स्थितिका कारण झुटा आरोप लाग्ने, मन अशान्त रहने, आफन्तजनसँग वैरभाव बढ्ने तथा सरकारी वा कानुनी झमेलामा फस्ने सम्भावना देखिन्छ। त्यसैले यस वर्ष शनिदेव, राहु र केतुको शान्तिपूजा वा जप गर्नु विशेष लाभदायी रहनेछ। वर्षभरि साढेसाती शनिको प्रभाव रहने भएकाले केही समय मनमा डर, चिन्ता, जिम्मेवारीको भार तथा कार्यमा ढिलासुस्तीको अनुभव हुन सक्छ। शत्रु वा विरोधी पक्षबाट साना–साना अवरोध देखापरे पनि अन्ततः परिणाम तपाईंको पक्षमा नै आउनेछ। धैर्य, संयम र निरन्तर प्रयासले कठिन अवस्थालाई पनि अनुकूल बनाउन सकिनेछ। यद्यपि, मंसिरसम्म राहुको शुभ प्रभाव रहँदा रोजगारी प्राप्ति, सुख–सुविधामा वृद्धि तथा नयाँ कामको सफल थालनी हुने योग छ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा केही ढिलाइ वा अधुरोपन रहन सक्छ, त्यसैले धैर्यता अपनाउनु उपयुक्त हुनेछ। आर्थिक दृष्टिले असार, असोज, माघ र फागुन महिना विशेष शुभ रहने देखिन्छ। यी महिनामा लगानी, व्यवसाय विस्तार तथा नयाँ आर्थिक योजना अघि बढाउँदा राम्रो प्रतिफल प्राप्त हुन सक्छ।

अरु राशिफल

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि