राशिफल

मिथुन राशि

मिथुन

( का, की, कु, घ, ङ, छ, के, को, हा )

शुभ रङ : हरियो

मिथुन : यो साता नयाँ सम्भावनाको ढोका खुल्नेछ । आर्थिक क्षेत्रमा परिवारसँग सम्बन्धित खर्च बढे पनि आवश्यक काम पूरा हुनेछन् । व्यवसायमा रोकिएका कामले पुनः गति लिनेछ । पुरानो रोजगारी वा अवसर फर्किन सक्ने सम्भावना छ । प्रेमसम्बन्धमा खुलेर संवाद गरे दूरी घट्नेछ । सत्कर्ममा सहभागी हुँदा सन्तोष मिल्नेछ । विद्यार्थीका लागि समय फलदायी रहनेछ ।

मासिक राशिफल उपलब्ध छैन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि हुनेहरूका लागि यो वर्ष मध्यम फलदायी रहने देखिन्छ। वृहस्पतिको शुभ प्रभावका कारण वर्षको पूर्वार्धमा आर्थिक उन्नति, आयआर्जनमा वृद्धि तथा परिवारमा मांगलिक कार्यहरू सम्पन्न हुने योग बलियो रहेकाे छ । राहु तथा केतुको प्रभावका कारण मंसिरसम्म जीवन केही संघर्षमय रहन सक्छ। कार्यमा अवरोध, मानसिक दबाब तथा अपेक्षित परिणाम प्राप्त गर्न बढी मिहिनेत गर्नुपर्ने अवस्था आउने ग्रहयाेग परेकाे छ । मंसिरपछि आम्दानीका स्रोतहरू बिस्तारै बढ्दै जानेछन् र आर्थिक अवस्था पनि क्रमशः सुदृढ बन्नेछ। शनिको प्रभावले यो वर्ष पेसागत क्षेत्रमा विभिन्न समस्या र चुनौतीहरू सामना गर्नुपर्ने संकेत गरेकाे छ । जागिर वा व्यवसायमा अनावश्यक दबाब, आलोचना तथा सहकर्मीबाट खुट्टा तान्ने प्रवृत्तिका कारण मन खिन्न हुन सक्छ। तथापि, सामाजिक क्षेत्रबाट भने मान–सम्मान र प्रतिष्ठा प्राप्त हुने योग राम्रो रहेको छ। वर्षको पूर्वार्धमा पठनपाठन राम्रो रहने भए पनि उत्तरार्धमा केही कमजोरी देखिन सक्छ। अध्ययनमा निरन्तरता र एकाग्रता कायम राख्न विशेष ध्यान दिनु उचित हुनेछ। आर्थिक दृष्टिले वैशाख, भदौ, मंसिर र चैत महिना विशेष शुभ रहनेछन्।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि