राशिफल

वृष राशि

वृष

( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

शुभ रङ : हरियो

वृष : साताको प्रारम्भमा सामाजिक कार्यमा जुट्नुपर्नेछ । महŒवपूर्ण कामको दबाब रहे तापनि बिस्तारै परिस्थितिमा सुधार आउनेछ । जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ । आर्थिक अवस्था सामान्य रहनेछ । जीवनसाथीसँग पुराना विषयलाई लिएर मनमुटाव छ भने त्यसलाई समाधान गर्ने अवसर मिल्नेछ । धार्मिक यात्राबाट सोचेजस्तै सफलता मिल्नेछ ।

मासिक राशिफल उपलब्ध छैन।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) यो वर्ष वृष राशि हुनेहरूका लागि समग्रमा उन्नतिदायी र उपलब्धिमूलक रहने संकेत देखिन्छ। वर्षारम्भमै वृहस्पतिको शुभ प्रभावले आर्थिक प्रगति, कुटुम्ब वृद्धि तथा वाणीको प्रभावका कारण महत्त्वपूर्ण कार्यहरू सफल हुनेछन्। असारदेखि कात्तिकसम्म स्वास्थ्यमा केही कमजोरी देखिए पनि मंसिरदेखि भूमि तथा वाहन प्राप्तिको योग बलियो रहेको छ। शनिको अनुकूलताले आम्दानीमा वृद्धि तथा नयाँ कार्यको शुभारम्भ हुनुका साथै मान–सम्मान प्राप्ति गराउने ग्रहयाेग परेकाे छ । राहु र केतुको प्रभावले वर्षको पूर्वार्धमा मन अलि अस्थिर भई अनावश्यक झमेलातर्फ आकर्षण हुन सक्छ, जसका कारण स्वास्थ्यमा बाधा तथा मानसिक तनाव देखिन सक्छ, विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । वर्षकाे उत्तरार्धबाट भने आर्थिक उन्नतिका साथै कार्यसफलता प्राप्तिका याेग बनिरहनेछन् । यो वर्ष वैदेशिक यात्रासम्बन्धी कार्य, पशुपालन तथा व्यावसायिक क्षेत्रमा विशेष लाभ मिल्नेछ। पठनपाठनको अवस्था राम्रो रहनेछ भने परिवारमा मांगलिक तथा शुभकार्यहरू सम्पन्न हुने योग छन् । विशेषगरी साउन, कात्तिक, फागुन र चैत महिना आर्थिक दृष्टिले अत्यन्त शुभ रहनेछन्।

अरु राशिफल

मेष

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कर्कट

ही, हु, हे, हो, डा, डि, डु, डे, डो

सिंह

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

तुला

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

धनु

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मकर

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

कुम्भ

गो, सा, सि, सु, से, सो, दा, दि, दु

मीन

दी, दु, थ, झ, ञ, दे, दो, चा, चि