
डिल्लीबजार कारागारका कैदी आक्रामक हुँदै गएपछि नेपाली सेनाले केही कैदीलाई अन्यत्र सार्ने भएको छ । बुधबार बिहानभर कैदीहरूले आफूहरू जेलमुक्त हुन पाउनुपर्ने भन्दै सडकमा निस्किएर नाराबाजी गरेका थिए । उनीहरू बढी आक्रामक भएपछि अन्यत्र सार्न खोजिएको हो । ती कैदीहरूलाई कहाँ लैजान लागेको भन्ने यकिन हुन सकेको छैन ।