मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २० शुक्रबार २o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सञ्चार मन्त्रालयअन्तर्गतका दुई सहसचिवले एकैसाथ बुझाए राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार २o:५३:oo

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतका दुई सहसचिवले एकैसाथ राजीनामा बुझाएका छन् । मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्याल र अर्का सहसचिव रामगोविन्द अर्यालले राजीनामा दिएका हुन् । 

सञ्चार मन्त्रालय स्रोतका अनुसार उनीहरू दुवैले यही १६ भदौदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् । उनीहरूको राजीनामा स्वीकृत भने भइसकेको छैन । लामो समय सेवा अवधि बाँकी रहेको अवस्थामा अहिले नै राजीनामा नदिन सुझाए पनि उनीहरू नमानेको मन्त्रालय स्रोतले बतायो । 

सञ्चार मन्त्रालयले राजीनामापत्र अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । सामान्यले मन्त्रिपरिषदमा पठाएर निर्णय भएपछि मात्र राजीनामा स्वीकृत हुन्छ । 

दुवैजना विविध सेवातर्फका सहसचिव हुन् । दुवैको लामो सेवा अवधि बाँकी छ । अर्याल त गत वैशाखमा मात्र सहसचिव बढुवा भएका थिए । उनको १४ वर्ष सेवा अवधि बाँकी छ । पौड्यालको पनि दुई वर्ष सेवा अवधि बाँकी रहे पनि नयाँ निजामती ऐनले ६० वर्षे उमेरहद पुर्‍याउँदा चार वर्ष नै सेवा अवधि बाँकी छ । 

राजीनामाबारे बुझ्न फोन गर्दा दुवै सहसचिवले कुरा गर्न मानेनन् । यद्यपि, मन्त्रालयका अनुसार दुवैको कार्यसम्पादन कमजोर थियो । पौड्यालले अपेक्षाअनुसार न्यूनतम कार्यसम्पादन गर्न नसकेको मन्त्रालयका एक अधिकारीले बताए । अर्का सहसचिव अर्याललाई पनि मन्त्रालयले एकीकृत डाटा व्यवस्थापन केन्द्र (साबिक राष्ट्रिय सूचना प्रविधि केन्द्र)मा पठाउँदा पनि जिम्मेवारी लिन नमानेको मन्त्रालयका एक अधिकारीले बताए। 
 

छुटाउनुभयो की ?