मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २५ बुधबार २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार

सुशीला कार्कीलाई बालेनको समर्थन, हर्क साम्पाङ भन्छन्–हामीले समर्थन गरेका छैनौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार २o:४४:oo

जेन-जी समूहबाट अन्तरिम सरकारको प्रमुखमा सिफारिस पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गरेका छन् । 

बालेनको सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘जेन-जीले गरेको निर्णयमा मेरो पनि समर्थन छ भनेर उहाँले भन्नुभएको छ ।’

उता धरानका मेयर हर्क साम्पाङले भने आफूहरूले सुशीला कार्कीलाई समर्थन गरेको कुरा गलत भएको भनेर फेसबुकमा लेखेका छन्। आफू र बालेनले कार्कीलाई समर्थन गर्ने निर्णय नगरेको उनको भनाइ छ। साम्पाङले प्रधानमन्त्रीका लागि आफू नै तयार रहेको बुधबार प्रधानासेनापतिसँग छलफलबाट निस्किएपछि बताएका छन्। बालेनले भने प्रधानमन्त्रीका लागि इच्छा देखाएका छैनन्।