
अन्तरिम सरकारको प्रमुख छान्ने विषयमा जेन-जीबिच नै विवाद देखिएको छ। उनीहरूबिच नै एकमत हुन नसकेपछि नेपाली सेनाले बिहीबार बिहान संयोजक तोकेर आउन निर्देशन दिएको छ।
एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव गरेका छन्। हर्क साम्पाङले भने आफूले उनलाई समर्थन नगर्ने बताएका छन्। बालेनको सचिवालयले भने बालेनले कार्कीलाई नै समर्थन गरेको जनाएको छ।
जंगी अड्डाअघि जम्मा भएका युवाहरूको विभिन्न थरी मत छ । कतिपयले पहिला एजेन्डामा छलफल गरेर मात्र व्यक्तिको विषयमा छलफल गर्नुपर्ने बताएका छन्। विवाद भएपछि जंगी अड्डाअघि ठुलो संख्यामा युवाहरू जम्मा भएका छन्। नयाँ सरकार गठनका लागि नेपाली सेनाले समन्वय गरिरहेको छ।