
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबिच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन(एससिओ)को शिखर सम्मेलनपछि सोमबार बेलुका तियानजिनमा भेटवार्ता भएको हो। भेटवार्तामा कुन–कुन विषयमा छलफल भयो भन्ने सार्वजनिक गरिएको छैन।