मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका सोलुखुम्बु
२o८२ भदौ १६ सोमबार २२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सोलुखुम्बुमा बाढी, थामे खोलाले पाँच घर बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार २२:४o:oo

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा थामे खोलाले पाँच घर बगाएको छ ।

गत वर्षको बाढीले क्षतविक्षत भएका थामेका पाँच घर आइतबार राति आएको सामान्य बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक विकास राईले  बताए । उनका अनुसार मानवीय क्षति भने भएको छैन । ‘गत वर्ष नै क्षति भएका कारण मानिसहरु अन्तै बस्दै आएका थिए । गत वर्ष नै क्षतविक्षत भएका कारण आइतबार राति घरको जग बगाउँदा पाँच घर बगेको हो,’ उनले भने, ‘तर, खोलामा ठूलो बाढी भने आएको हैन ।’

खुम्बु पासाङल्हामु गाउँपालिकाले भने सोमबार विज्ञप्ति जारी गर्दै पाँचवटा घर बगाएको र ६ घरमा आंशिक क्षति भएको जनाएको छ । त्यसक्षेत्रमा विद्युत प्रशारण र सञ्चार सेवासमेत अवरुद्ध भएको प्रशासकीय अधिकृत सुजनकुमार बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । गतवर्ष थामे खोलामा भीषण बाढी आएको थियो ।

छुटाउनुभयो की ?