
आफ्नै बोर्डिङमा अध्ययन गर्ने १४ वर्षे बालिका बलात्कार गरेको आरोपमा प्रधानाध्यापक (प्रिन्सिपल) पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार बेलका नगरपालिका– २, कञ्चनजंगामा हिमशिखर सामुदायिक इंग्लिस बोर्डिङका प्रधानध्यापक ४७ वर्षीय युवराज श्रेष्ठ पक्राउ परेका छन् ।
उनले भने, ‘घटनाको प्रारम्भिक अनुसन्धानबाट अरोपित श्रेष्ठले बोर्डिङकै कार्यालय कोठामा बालिकालाई बलात्कार गरेको रहस्य खुलेको छ ।’ बालिकालाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरिपाऊँ भनी आफन्तबाट नातामा भाउजू पर्नेले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा उजुरी दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो ।
दोङले थप्दै भने, ‘पक्राउ परेका श्रेष्ठलाई हाल इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाकै हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।’