मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तालाबन्दी

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:४६:oo

परीक्षाको नतिजामा प्रयोगात्मक परीक्षाको अंक समावेश नगरिएको भन्दै विद्यार्थीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्। बिहीबार सार्वजनिक भएको बिएड चौथो वर्षको नतिजामा सबै विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा अनुपस्थित देखाइएपछि शुक्रबार विद्यार्थी आक्रोशित बनेका हुन्। नतिजा प्रकाशनमा शिक्षाशास्त्र संकायका प्रमुख रामअषिश यादव र परीक्षा शाखाका प्रमुख चन्देश्वर यादवको स्वार्थले यस्तो भएको आरोप छ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) राजविराज क्याम्पसका सभापति रञ्जितकुमार यादवले विद्यार्थीले बाध्य भएर शिक्षाशास्त्र संकाय र परीक्षा शाखामा तालाबन्दी गरेको बताए। नतिजामा प्रयोगात्मक अंक समावेश नगरिएसम्म तालाबन्दी जारी राख्ने उनले चेतावनी दिएका छन्। तालाबन्दीका कारण परीक्षा शाखाका कर्मचारी भित्रै थुनिएका छन् भने विद्यार्थी शाखाअगाडि धर्नामा बसेका छन्।

क्याम्पस प्रमुख सुशीलचन्द्र कर्णले विद्यार्थीको माग सम्बोधनका लागि समन्वय भइरहेको बताउँदै प्रयोगात्मक अंक नतिजामा समावेश गराइने प्रक्रिया अघि बढेको जानकारी दिएका छन्। उक्त बिएड चौथो वर्षको परीक्षामा १३० जना विद्यार्थी सहभागी भएका थिए। परीक्षाको नतिजामा प्रयोगात्मक परीक्षाको अंक समावेश नगरिएको भन्दै विद्यार्थीले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन्।  

 

छुटाउनुभयो की ?