मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राज्य व्यवस्था समिति सभापति कांग्रेसलाई नै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४९:oo

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापतिमा कांग्रेसकै उम्मेदवार निर्विरोध हुने भएका छन् । विपक्षी दलहरूले उम्मेदवारी नदिने भएपछि कांग्रेसका उम्मेदवार निर्विरोध हुने निश्चित भएको हो ।

कुलिङ अफ पिरियडमा भएको गडबडीको नैतिक जिम्मेवारी लिँदै सभापति रामहरि खतिवडाले २८ साउनमा राजीनामा दिएपछि प्रतिनिधिसभाका सचिव हर्कराज राईले सोमबार सभापतिको निर्वाचनका लागि सूचना निकालेका हुन् । सूचनाअनुसार मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापति पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावक र समर्थकसहित सूचना दर्ता गराउनुपर्नेछ ।

उम्मेदवारी दर्तासहितको सूचना अपराह्न ४:१५ मा सार्वजनिक गरिनेछ । बुधबार निर्वाचन हुनेछ । बुधबार दिउँसो ३ बजे समितिको बैठकमा प्रस्तावकले उम्मेदवारको प्रस्ताव राख्ने, समर्थकले समर्थन गर्ने र ज्येष्ठ सदस्यले निर्णयार्थ प्रस्तुत गर्नेछन् । निर्विरोध भएमा प्रस्तावकले प्रस्ताव राखेपछि ज्येष्ठ सदस्यले सभापति निर्वाचित भएको घोषणा गर्नेछन् । 

हाल राज्य व्यवस्था समितिमा कांग्रेसबाट रामहरि खतिवडाबाहेक पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, दिलेन्द्र बडू, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने, सरिता प्रसाईं, अम्बिका बस्नेत सदस्य छन् । समितिबाट बाहिरबाट सभापति बनाउन नमिल्ने अवस्था छ ।

समितिभित्रैबाट बनाउँदा चारजनाको नाममा चर्चामा छ । जसमा बडू, प्रसाईं, बस्नेत र खतिवडा छन् । यीमध्ये बडू र बस्नेतमध्ये एक सभापति बन्न सक्ने नेताहरू बताउँछन् । सहमति नभए खतिवडालाई नै दोहोर्‍याउने विकल्पमा पनि छलफल भइरहेको नेताहरूको भनाइ छ ।