मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १० मंगलबार o९:४४:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार o९:४४:oo

दुई दिनदेखि काठमाडौंमा गरिरहने आन्दोलनको केही प्रभाव परेको छ कि छैन ?
हामीले आइतबारदेखि थालेको आन्दोलनलाई सोमबार अलि बढी किसान भेला भएर थप कडा पारेका छौँ । माग पूरा नहुन्जेल हामी हाम्रो आन्दोलनलाई दिनदिनै थप कडा बनाउँदै लान्छौँ । हाम्रो आन्दोलनकै कारण कृषि मन्त्रालयले वार्तामा बोलाएको छ । सरकारले दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान घटाएर अघिल्लो आर्थिक वर्षमा ३५ रुपैयाँ कायम गरेको थियो । हुँदाहुँदा चालू आर्थिक वर्षदेखि त त्यो अनुदान पनि कटौती नै गरेको छ । हामी त्यसैको विरोधमा आन्दोलनमा छौँ र हाम्रो आन्दोलन जारी छ । आन्दोलनमा उखु किसान जम्मा भएर आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिइरहेका छौँ ।

किसानका माग पूरा गराउन जहिल्यै काठमाडौं नै धाउनुपर्ने बाध्यता बन्यो, होइन त ?
त्यही त भन्या नि ! हामी किसान, श्रमिकले आफ्नो हक–अधिकार पाउन यसरी सधैँ आन्दोलन नै गर्नुपर्ने र दु:ख झेल्नैपर्ने स्थिति बनेको छ । गत वर्ष पनि सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर हामीले आफ्ना माग राखेका थियौँ । यसपटक त आफ्नो आवाज सुनाउन काठमाडौंसम्मै धाउनुपर्‍यो । यस्तो अवस्थामा हामी किसानले कसरी काम गर्ने ?

सरकारले तत्कालै प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदानबापतको रकम दिने भनेको छ, त्यो रकम लिने कि नलिने ?
सरकारले दिएको पैसा नलिने भन्ने हुँदैन, लिन्छौँ । तर, हामीलाई पूरा पैसा चाहिन्छ र साथमा यस वर्ष कटौती भएको अनुदानले पनि निरन्तरता पाउने ग्यारेन्टी हुनुपर्छ । समयसापेक्ष रूपमा अनुदान बढाउनुपर्नेमा उल्टै हामी किसानले पाउँदै आएको अनुदान कटौती गर्नु हामी किसानमाथि राज्यको गम्भीर प्रहार हो ।