
बिजनेस भिसामा नेपालमा बसेर धर्मको प्रचारमा संलग्न अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। डेनियल कोर्नीलाई विभागले पक्राउ गरी निष्कासनको प्रक्रिया अघि बढाएको हो।
विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनले सार्वजनिक स्थानहरूमा धर्मको प्रचार गर्दै हिँडेको भिडियो प्राप्त भएपछि पक्राउ गरिएको हो। उनी क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका थिए।
पछिल्लो समय विभागले नेपालमा बसेर धर्म प्रचारलगायत भिसा प्रयोजनविपरीतको गतिविधिमा संलग्न विदेशीमाथिको कारबाहीलाई तीव्रता दिएको छ।