मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३१ शनिबार o९:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वामदेवलाई नेकपा एसमा तेस्रो वरीयता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार o९:२३:oo

नेकपा एकीकृत समाजवादीले केही दिनअघि पार्टी प्रवेश गरेका नेता वामदेव गौतमलाई तेस्रो वरीयताको मर्यादा रहने गरी जिम्मेवारी तोकेको छ । केन्द्रीय सचिवालयको शुक्रबारको बैठकले गौतमलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो मर्यादामा रहने गरी जिम्मेवारी तोकेको हो ।

उपाध्यक्ष प्रकाश ज्वालाले गौतमलाई पार्टीका केन्द्रीय विभागको संयोजन गर्ने जिम्मेवारी दिइएको बताए । नेकपा एसका ३२ वटा केन्द्रीय विभाग छन् । गौतमले संगठन विभागको जिम्मेवारी माग गर्दै आए पनि बैठकले केन्द्रीय विभागहरूको संयोजन गर्ने जिम्मेवारी दिएको छ । 

त्यस्तै, गौतमसँगै उनको समूह राष्ट्रिय एकता अभियानबाट नेकपा एसमा समाहित भएका डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यमा मनोनयन गरेको छ । त्यस्तै, केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई मनोनीत गरिएको पनि उपाध्यक्ष ज्वालाले बताए ।