१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format १o:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थोराङ्ला पास सरसफाइ, ६५ बोरा फोहर संकलन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

विश्वको जोखिमयुक्त मानिने अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत सरसफाइ गरिएको छ । विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गको परिचय बनाएको क्षेत्रमा सरसफाइ गरिएको हो । यस पदमार्गअन्तर्गत माथिल्लो मनाङस्थित टंकी मनाङदेखि थोराङ्ला भञ्ज्याङ (पास)सम्मको नकुहिने फोहर संकलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । 
    
उनले भने, ‘यस पदमार्ग विश्व प्रसिद्ध भएकाले अधिकांश बाह्य पर्यटकको आगमन बढी हुन्छ । तर, नकुहिने फोहरमैला बढी हुँदा दुर्गन्धित बन्ने खतरामा रहेको छ । नकुहिने फोहरजन्य पदार्थ लगिए पनि साथमा नै ल्याउनुपर्ने प्रावधान राखिएको छ । तर, उपयोग भएको पाइएको छैन ।’ वर्षौँसम्म नष्ट नहुने फोहरले जलवायु परिवर्तनमा समेत प्रभाव पारेको उनको भनाइ छ । 
    
सो क्षेत्रमा सरसफाइका क्रममा ६५ बोरा फोहर संकलन गरी व्यवस्थापन गरिएको पर्यटन व्यवस्थापन उपसमिति टंकी मनाङले जनाएको छ । बेमौसममा पर्यटकको कम आगमन हुँदा सरसफाइमा सहज हुने भएकाले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय र पर्यटन व्यवस्थापन उपसमिति टंकी मनाङको संयुक्त आयोजनामा सरसफाइ गरिएको हो ।