
सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरणको लागि ट्रान्सफर्मर जडान भएको छ। मधेश प्रदेश र पालिकाको लगानीमा थालिएको कृषि विद्युतीकरणको शिलान्यास शनिबार भएको हो। मधेश सरकारको ८० र पालिकाको २० प्रतिशत लगानीमा बलान बिहुलमा कृषि विद्युतीकरण हुने बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले बताए।
कृषकलाई सहज कृषिको लागि निःशुल्क मिटर उपलब्ध गराउने उद्देश्यले कृषि विद्युतीकरण थालिएको उनले बताए। यादवले आफ्नो कार्यकालमै कृषि विद्युतीकरण पूरा गरी कृषकसम्म मिटर पुर्याउने लक्ष्य लिएको बताए। ‘कृषकलाई चर्को मूल्यमा सिँचाइ गर्नुपरिरहेको छ, यसलाई कम गर्न हामीले निःशुल्क विद्युत् जडान गर्न लागेका छौँ, दुई वर्ष आफ्नो कार्यकाल छ, यसमै यो पूरा हुन्छ,’ अध्यक्ष यादवले भने।