१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १४ शनिबार २o:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

१२ जिल्लामा आजदेखि भारी वर्षाको प्रक्षेपण, उच्च सतर्कता अपनाउन आग्रह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार २o:५३:oo

जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि सोमबार बिहानसम्म १२ जिल्लामा भारी वर्षाको प्रक्षेपण गरेको छ। ती जिल्लामा उच्च सतर्कता अपनाउन भनिएको छ । 
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार विशेष सूचना प्रकाशन गरी उच्च सतर्कताका लागि अनुरोध गरेको हो। 

प्राधिकरणका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, सल्यान र दैलेख तथा सुदुरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुरमा भारी वर्षाको जोखिम छ । 

यो अवधिमा सकेसम्म यात्रा नगर्न, नदीकिनारमा नजान तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरू सतर्क भएर बस्न प्राधिकरणले आग्रह गरेको छ। ती जिल्लाका सुरक्षा निकायलाई पनि गृह मन्त्रालयले सतर्क र तयारी अवस्थामा रहन भनेको छ।