१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार

नवलपुरमा जंगली च्याउ खाँदा १६ जना बिरामी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १९:४o:oo

नवलपुरको बुलिङटारमा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बुलिङटार गाउँपालिका–२, टाँडीस्वारा स्थितमा जीवनज्योति चर्च मण्डलीको निर्माणाधीन भवनको ढलान काम गर्न भनि गएका १६ जना जंगली च्याउ खाँदा बिरामी परेका हुन्।

बिरामीहरूको भरतपुर अस्पताल चितवन र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बिरामी हुनेमा नवलपुरको बुलिङटार–२ निवासी ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुंगेली, ३७ वर्षीया सीताराम गरन्जा मगर, १७ वर्षीया निशा ठाडा मगर, ४८ बर्षीय कृष्णबहादुर राना बिरामी परेका छन् ।

त्यसैगरी, सोही ठाउँका ७८ वर्षीया जसु डिसुवा मगर, ४५ वर्षीय एकवीर बराल, ५० वर्षीया चुलिमाया थापा, ६६ वर्षीया गनिसर राना मगर र ४० वर्षीया मनमाया लुंगेली मगर बिरामी परेका छन् ।

उनीहरूको अवस्था गम्भीर र चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, बुलिङटार–२ निवासी ३५ वर्षीया धनमाया लुंगेली, ३१ वर्षीय संजय कुमाल, सातवर्षीया बालिका एरिना कुमाल, ५० वर्षीया रुमा गाहा मगर, ४२ वर्षीया  हुमाया सारु मगर र १८ वर्षीय राजन राना मगर बिरामी परेका छन्।