
सन् १९६३ : भियतनाम युद्धको विरोधमा साइगन नगरको बिच सडकमा बौद्ध भिक्षु थिक क्वाङ डुकले आफैलाई आगो लगाएर आत्मदाह गरे ।
सन् १७७६ : अमेरिकी महादेशमा गठित ‘कन्टिनेन्टल कंग्रेस’ले ‘स्वतन्त्रताको घोषणापत्र’ तयार गर्न एक समिति गठन गर्यो । यसले तयार पारेको घोषणापत्र जुन ४ मा स्वीकार गरियो ।
सन् १९१७ : एजेन्थ कब्जा गरी बसेका मित्रशक्तिले पहिलो विश्वयुद्धमा ग्रिसलाई सहभागी हुन दबाब दिएपछि कन्स्यान्टिन प्रथमले राजगद्दी त्यागे । लगत्तै उनका छोरा एलेक्ज्यान्डर ग्रिसका नयाँ राजा बने ।
सन् १९४२ : दोस्रो विश्वयुद्धको क्रममा अमेरिका र सोभियत संघबिच युद्धको क्रममा आपसी सहयोगको सिद्धान्तमा सहमति गर्ने सम्झौतामा हस्ताक्षर भयो ।
सन् २००९ : विश्व स्वास्थ्य संगठनले ‘एच१एन१ स्वाइन फ्लु’लाई विश्वव्यापी महामारी घोषणा गर्यो ।
सन् २०१२ : नोबेल पुरस्कारको दिगोपनलाई भन्दै पुरस्कार राशि २० प्रतिशत घटाइयो ।