
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष ०८१/८२ मा ४.६१ प्रतिशत (उपभोक्ता मूल्यमा) पुग्ने प्रारम्भिक अनुमान गरेको छ। कार्यालयले बुधबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गरेको हो। जसअनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ।
हालको आधार वर्ष ०६७/६८ हो। सबै क्षेत्रको आर्थिक गतिविधि सामान्य रूपले सञ्चालन हुने कार्यालयको अनुमान छ। यो चालू आवको ६ देखि नाै महिनाको तथ्यांकको आधार मानेर गरिएको अनुमान हो।