Skip This
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नवीन गुरुङ संखुवासभा
२o८२ बैशाख १० बुधबार o९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार o९:o५:oo

संखुवासभाको सदरमुकाम खाँदबारीमा रहेको सूर्य आवासीय माध्यमिक विद्यालयका एक शिक्षक आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको कसुरमा पक्राउ परेका छन् । बालयौन दुरुपयोग कसुरमा चैनपुर नगरपालिका– ३ सिद्वकाली स्थायी घर भई हाल खाँदबारी नगरपालिका– १ बस्दै आएका ३१ वर्षीय विवेक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार आइतबार बिहान १ बजे होस्टेलको आफू सुत्ने कोठामा बोलाई बालयौन दुरुपयोग गरेको उजुरीको आधारमा पक्राउ गरिएको र जिल्ला अदालतले मंगलबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

शिक्षक खत्री विद्यालयको होस्टेलमा बस्दै आएका थिए भने सोही होस्टेलमा विद्यालयमा अध्ययनरत एक १७ वर्षीया कक्षा १२ मा पढ्ने छात्रासमेत बस्दै आएकी थिइन् । विद्यार्थीलाई राति मोबाइलमा म्यासेज गरेर बोलाएको, विभिन्न डरधम्की दिएर यौनशोषण गर्न खोजेको भन्दै छात्राले जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दिएकी थिइन् ।