Skip This
डेटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा एनसेल सूचीकृत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार ११:२१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

डेटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा एनसेल सूचीकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार ११:२१:oo
  • सूचीकरणसँगै एनसेल बन्यो डेटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो कम्पनी 
  • डेटा सेन्टर र क्लाउड सेवाप्रदायक सूचीकृत भएसँगै नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ हुने अपेक्षा

एनसेल डेटा सेन्टर र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एक मात्रै नेपाली कम्पनी बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवाप्रदायक र क्लाउड सेवाप्रदायकका रूपमा सूचीकृत गरेको हो । डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१ मा भएको कानुनी व्यवस्थाबमोजिम एनसेल सूचीकृत भएको हो । 

निर्देशिकाअनुसार सञ्चालनमा रहेका डेटा सेन्टर र क्लाउड सेवाप्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान रहेको थियो । एनसेलले सो अवधिभन्दा पहिला नै आफूलाई सूचीकृत गराएको हो । 

यो निर्देशिका १५ माघ ०८१ को सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । निर्देशिकाले सेवाप्रदायकका लागि सुरक्षा, गोपनीयता र पूर्वाधारलगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ । डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्थाबमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सूचीकरण गराएको छ । सो सूचीकरणसँगै एनसेल अब नयाँ कानुनी व्यवस्थाअनुसार पनि डेटा सेन्टर र क्लाउड सेवा सहजै प्रदान गर्न सक्ने पहिलो र एक मात्र कम्पनी बनेको छ । हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठुला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । त्यसैगरी, एनसेलले पोखरा र हेटौँडामा गरी दुई डिजास्टर रिकभरी डाटा सेन्टरहरू सञ्चालन गर्दै आएको छ । 

‘हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्दै आएकाले सूचीकरणको प्रक्रिया सहज भएको हो । सूचीकृत भई सरकारबाट मान्यताप्राप्त गर्ने एनसेल पहिलो र एक मात्र कम्पनी बनेकोमा हामी खुसी छौँ,’ एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने, ‘डेटा सेन्टर र क्लाउड सेवाहरूको बढ्दो बजारलाई ध्यानमा राख्दा, यो सूचीकरण महत्वपूर्ण छ । यसले डिजिटल नेपाल भिजनअनुरूप एनसेल सूचना प्रविधि क्षेत्रको विकासमा योगदान पु¥याउन प्रतिबद्ध रहेको प्रतिबिम्बित गर्छ ।’ 

सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आइपी पुललगायतका कागजात तथा विवरणको गहन अध्ययन गरिएको थियो । डेटा सेन्टर र क्लाउड सेवाप्रदायकको औपचारिक सूचीकरणले सम्पूर्ण क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई सुदृढ गर्ने अपेक्षा गरिएको छ ।