मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 March, 2025
२o८१ फाल्गुण २९ बिहीबार २३:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसइइमा ए प्लस ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार २३:१२:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यहि एसइइमा ‘ए’ प्लस नजिता ल्याउँने विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद २५ हजार दिने भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसईईमा ‘ए’ प्लास नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ नगद दिने घोषणा गरेका छन् ।
उनले वडाबाट एसईईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई कार्यक्रममा बोल्दै आगामी एसईई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ नगद पुरस्कार दिने बताएका हुन् । उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाईका लागि प्रेरणा मिल्नुकासाथै साच्चै ‘ए‘ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोग समेत हुने विश्वास व्यक्त गरे ।

वडा अध्यक्ष सत्यालले हेटौँडा–१७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यामिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जानकारी दिए । दुबै विद्यालयमा गरी यसवर्ष ५४ जनाले एसईईमा सहभागिता जनाउने उनको भनाई छ ।

उनका अनुसार बालबोध माविबाट ३३ र राजदेवी माध्यमिक विद्यालयबाट २१ गरी ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । यसवर्षको एसईई परीक्षा यहि ७ चैतबाट सुरु हुँदै छ ।