मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १ शुक्रबार १२:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १२:o४:oo

समाजवादी मोर्चा नेपालले पछिल्लो राजनीतिक परिस्थितिबारे शनिबार नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको १२औँ केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

मोर्चाले शनिबार नै पत्रकारसँग पनि अन्तर्क्रिया गर्ने भएको छ । संसदवादी दल र संसद् बाहिर रहेका राजनीतिक दल र नेतृत्वसँग राजनीतिक संवाद अघि बढाउने मोर्चाको निर्णय छ। ‘राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा एवं समाजवादतर्फको यात्रालाई दृढतापूर्वक अघि बढाउने वातावरण बनाउन बृहत्  राजनीतिक पहल लिने निर्णय गरेको छ,’ उनले भने।

बैठकले यही चैत १५ गतेका लागि तय भएको विरोध सभा र जनप्रदर्शनलाई सफल बनाउने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए। बैठकमा देशको राजनीतिक परिस्थितिबारे छलफल गरेको जानकारी दिँदै उनले राजतन्त्र पक्षधरको प्रदर्शनले मुलुकको राजनीतिक परिस्थिति झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको बताए। उनले प्रतिगामी कदमलाई असफल बनाउने निर्णय बैठकले गरेको जानकारी दिए।

बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत नेताहरू सहभागी थिए ।