
नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४ गते सोमबार सचिवालय बैठक बोलाइएको जानकारी दिए।
सचिव डा. अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको संगठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायतका विषयमा छलफल हुनेछ।
बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ।