मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १६:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १६:४३:oo

युगान्डामा जारी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ।

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो। नेपालले १०५ रनको विजयी लक्ष्य १९.३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्‍याे।

नेपालका लागि सम्झना खड्काले ४७ रन बनाइन्। उनले ४३ बल खेल्ने क्रममा तीन चौका हानिन्। यस्तै, पूजा महतोले अविजित २० तथा कप्तान इन्दु बर्माले १८ रन बनाइन्।

बलिङतर्फ हङकङकी मेहकदीप कौर र लिया वाङ कीले एक–एक विकेट लिए।

यसअघि हङकङका लागि सान्जिन सहजदले सर्वाधिक ५४ रन बनाइन्। उनले ४७ बलमा पाँच चौका र एक छक्का प्रहार गरिन्।  त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन्।

बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक–एक विकेट लिए। रासस